राष्ट्रिय मानव अधिकार आयोगद्वारा नेता थारुको स्वास्थ्यप्रति संवेदनशील हुन आग्रह
कैलाली, ७ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत थरुहट नेता लक्ष्मण थारुको स्वास्थ्य अवस्था प्रति संवेदनशील हुन आग्रह गरेको छ ।
बुधबार आयोगका सचिव तथा प्रवक्ता बेद भट्टराईको हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै नेता थारुको स्वास्थ्य अवस्था प्रति संवेदनशील भई उनले राखेका मागबारे आवश्यक छलफल र संवाद गरि निष्कर्षमा पुग्न तथा जीवन रक्षाको लागि आवश्यक पहलका लागि आयोग नेपाल सरकारलाई आग्रह गरेको छ ।













