अनसनको ७ं दिनपछि राजपाको विज्ञप्ती, थाकस बेखबर

धनगढी, ७ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु आमरण अनसन बसेको ७ दिनपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले विज्ञप्ती जारी गरेको छ ।

रेशम चौधरी र लक्ष्मण थारु उम्मेदवार बनेको राजपा पार्टी ७ दिनपछि विज्ञप्ती निकालेर टीकापुर घटनामा मुछिएर जेल जीवन विताई रहेको रेशम चौधरीसहित ११ जना जेलबन्दीहरुके रिहाईको माग गरेको छ ।

विज्ञप्तीमा १४ बुँदे माग राखेर आमरण अनशनमा बसेको थारुको स्वास्थ्यको कामना गर्दै विज्ञप्तीमा एक्येवद्धता जनाइएको ।

राजपाका संयोजक महेन्द्र राय यादव बुधबार विज्ञप्ती जारी गर्दै वार्ताको माध्यमबाट समस्या समाधानको लागि सरकारसंग माग गरेको छ ।
उता थारु समुदायको भतृ संस्थाको रुपमा चिनिने थारु कल्याणकारिणी सभा (थाकस) भने हालसम बेखबर छ । मोर्चाको आन्दोलनप्रति औपचारिक समर्थन नजनाएपछि राजपा र थाकसको व्यापक विरोध समेत भईरहेको छ ।

राजपाको विज्ञप्तीलाई लक्षित गर्दै थारु अगुवा सुरेन्द्र चौधरी राजपा रेशम चौधरीको पार्टी रहेपनि विज्ञप्ती निकाल्नमा किना ढिलाई गरेको भन्दै आलोचना गरेका छन् । त्यसैस्तै थाकस कैलाली सभापति लाहुराम चौधरी अहिले सम्म औचारिक ढंगसे मार्चाको आन्दोलनमा सहभागी नभएको बताए ।

उनी आफै पनि टीकापुर घटनामा मुछर ४२ महिना जेल जीवन विताएका हुन् । तर थाकसको औपचारिक निर्णय नआए सम्म आन्दोलनमा सहभागी नहुने प्रतिक्रिया दिए ।