थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन
धनगढी, ७ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाले धनगढीमा मसाल जुलुस निकालेको छ। मोर्चाले आफ्ना मागहरुप्रति सरकार गम्भीर नभएको भन्दै क्याम्पस रोडको गुरही चोकमा जुलुस निकालिएको हो।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु फागुन १ गतेदेखि अनसनमा छन्। उनको समर्थनमा मोर्चाले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको ।
मोर्चाले सार्वजनिक गरेको देस्रो चरणको विरोध कार्यक्रम पनि सार्वजनिक गरेको मोर्चाका कैलाली संयोजक माधव थारुले बताए। उनले विरोध कार्यक्रम दिनप्रति दिन फरक फरक तरिकाले गर्ने जाएका छन् । यसै सन्र्दभमा फागुन १२ गते थरुहट तराई क्षेत्रमा लाठी जुलुस निकाल्ने मोर्चाले जनाएको छ ।













