कैलाली कारगारबाट चार कैदी कैदमुक्त

धनगढी, ७ फागुन । कैलाली कारगारबाट चार जना कैदी कैदमुक्त भएका छन्। असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई रिहा गरिएको कैलाली कारगारका जेलर विरेन्द्र बोहराले बताए।

बोहराका अनुसार प्रजातन्त्र दिवसको अवसरमा रिहा हुने तीनजना कर्तव्य ज्यान मुद्दा र एकजना ठगी मुद्दामा जेल चलान भएका थिए ।

कञ्चनपुरको परासन घर भई कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बलराम भन्ने मातृका जोशी, कैलालीको लम्कीचुहा नगरपालिकाका छत्रबहादुर भण्डारी र रोल्पाकी जुनसरा पुनमगर रिहा भएका छन् ।