थरुहट थारुवान राष्ट्रिय मोर्चाद्धारा दोस्रो चरणको कार्यक्रम सार्वजनिक
धनगढी ,६ फागुन । थरुहट–थारुवान राष्ट्रिय मोर्चाद्धारा दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक भएको । सरकार आफ्ना मागहरुप्रति गम्भीर नभएको भन्दै मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मोर्चाले थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
जस अन्तरगत फागुन ७ गते धनगढीमा मसाल जुलुस प्रदर्शन गर्ने, ८ गते दिउँसो १२ बजे देशव्यापी प्रर्दशन गर्ने, ९ र १० गते बडघर, भलमन्सा, किसान, शिक्षक, व्यापारी, लगायतसँग देशव्यापी रुपमा छलफल गर्ने, ११ गते थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज, थारु संघ संस्थासँग मोर्चाबन्दीका लागि छलफल सम्बाद गर्ने, १२ गते थरुहट तराई क्षेत्रमा लाठी जुलुस गर्ने कार्यक्रम रहेको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका प्रवक्ता मिनराज चौधरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको धनगढी कैलालीमा बसेको बैठकले मोर्चाको आह्वानमा भैरहेको समग्र आन्दोलनको समीक्षा गर्दै, यसलाई अझै चरम उत्कर्षमा पु¥यान दोस्रो चरणको कार्यक्रम तय गरेको जानकारी दिए ।













