द्वन्द्व पीडित महिलाको राष्ट्रिय सञ्जालका अध्यक्षमा सृजना श्रेष्ठ
ललितपुर, ६ फागुन । सशस्त्र द्वन्द्वका पीडित तथा प्रभावित महिलाहरूको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालको अध्यक्षमा सृजना श्रेष्ठ चयन भएका छन् । सातवटै प्रदेशबाट जम्मा भएका द्वन्द्व पीडित तथा प्रभावित महिलाहरूको काठमाडौंमा भएको भेलाले द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल (Conflict Victim Women National Network (CVWN) यो सञ्जाल गठन गरेको हो ।
२१ सदस्यीय सञ्जालमा सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका पीडित तथा प्रभावित महिलाहरूको प्रतिनिधित्व छ ।
भेलामा सहभागी महिलाहरूले नेपालमा तत्कालिन सरकार र विद्रोही माओवादी बीच भएको सशस्त्र द्वन्द्वका बेला महिलाले भोग्नु परेको हिंसा र पीडा अझै सम्बोधन हुन नसकेको गुनासो गरे । द्वन्द्वमा महिलाले भोग्नुपरेको बलात्कार, यौनजन्य हिंसा र यातनाका घटनाहरू अझै पनि तथ्यांकमा आउन नसकेको भन्दै महिलाहरूले बृहत शान्ति सम्झौता भएको १३ वर्ष बितिसक्दा पनि सशस्त्र द्वन्द्वका पीडितहरूले सत्य, न्याय र परिपूरणको अधिकार प्राप्त गर्न नसकेको बताए ।
यी हुन् सञ्जालका पदाधिकारीः
१. अध्यक्ष– सृजना श्रेष्ठ
२. उपाध्यक्ष – गीता रसाइली
३. उपाध्यक्ष – मैना कार्की
४. महासचिव – सुशिला चौधरी
५. सचिव – सावित्री खड्का
६. कोषाध्यक्ष – चन्द्रकला उप्रेती
७. सदस्य– देवी सुनुवार
८. सदस्य –शितला सिंह राठौर
९. सदस्य –आशा चौधरी
१०. सदस्य –लिला तामाङ्ग
११. सदस्य –राधिका गौतम
१२. सदस्य –हिरा भण्डारी
१३. सदस्य –सरिता थापा
१४. सदस्य –तुलसी परियार
१५. सदस्य –भगवती ९भट्ट० तिवारी
१६. सदस्य –सोनिया चौधरी
१७. सदस्य –कल्पना यादव
१८. सदस्य –रत्ना रेग्मी
१९. सदस्य –तिलावती खड्का
२०. सदस्य –विष्णादेवी पन्त
२१. सदस्य –प्रगति लुईंटेल













