लक्ष्मण थारुकोे स्वास्थय अवस्था नाजुक, उचारकोलागि अस्पताल भर्ना
धनगढी, ५ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको छ ।
थारुलाई स्वाँस प्रस्वाँसमा अप्थ्यारो भएपछि मोर्चाले राति ८ः१५ सेति प्रादेशिक अस्पताल पुर्याएको मोर्चाका जिल्ला संयोजक माधब थारुले जानकारी दिए ।

नेता थारुलाई उपचारकोलागि सेती प्रादेशिक अस्पतालको भिआइपी क्याविनमा राखिएको छ।
सेती प्रादेशीक अस्पतालका इर्मेजेन्सी बिभाग प्रमुख डाक्टर जगदिश जोशीले लक्ष्मण थारु शारिरीक रुपमा निकै कमजोरी रहेको र अन्य अबस्था भने सामान्य रहेको बताए।
रेशम चौधरी सहित ११ जनालाई रिहाइको माग गर्दै थारुहटले धनगढीमा अनशन संग संगै मोर्चाले बिरोध र्याली, कोण सभा चक्काजाम लगायतका कार्यक्रमहरु पनि गरिरहेको छ।













