आमरण अनसनलाई सिके राउटको ऐक्यवद्धता

धनगढी, ५ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बसेको आमरण अनशनमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउटले ऐक्यवद्धता जनाएका छन् ।

नेता थारुले अनसन बसेको पाँचौमा अध्यक्ष राउट अनसन स्थलमै आएर ऐक्यवद्धता जनाएका हुन् । फागुन १ गतेदेखि नेता थारुले सांसद रेसम चौधरी लगायतका राजबन्दीहरुको रिहाईका लागि बसेको अनसनमा पूर्ण ऐक्यवद्धता रहेको बताए ।

उनले नेता लक्ष्मण थारुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै मोर्चाले उठान गरेको माग मुद्धाहरु जायज रहेको बताए ।