आमरण अनसनलाई धनगढी नगरपालिकाका प्रमुखको ऐक्यवद्धता

धनगढी, ४ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बसेको आमरण अनशनमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले ऐक्यवद्धता जनाएका छन् ।

नेता थारुले अनसन बसेको चौथो दिन अर्थात आईतबार साँझा अनसन स्थलमै आएर नगर प्रमुखले ऐक्यवद्धता जनाएका हुन् । उनले नेता लक्ष्मण थारुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै मोर्चाले उठान गरेको माग मुद्धाहरु जायज रहेको बताए ।

नगर प्रमुख वड वितगदेखि नै दलित समुदायको हक अधिकारकोलागि आन्दोलन गर्दै आएका हुन् । उनी हाल नेपाली काँग्रेस पार्टी भित्रपनि दलित समुदायको मुद्धालाई उठान गर्दै आएका छन् ।

उनले भन,े ‘हामी पनि आन्दोलनबाट आएका हौं, समुदाय जुनसुकै होस्, अन्यायमा पर्दा अवाज उठाउनु पर्छ । तपाईहरुको माग मुद्धामा मेरो पूर्ण समर्थन छ ।’