महिला हडताललाई सहयोग गर्न आग्रह

ललितपुर, ३ फागुन । महिलावादी डा। रेणु अधिकारीले महिलाको विश्वव्यापी हडताललाई सहयोग गर्न आग्रह गरेकी छन् ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवस, २०२० को उपलक्ष्मा विश्वभरी नै मनाउन लागिएको महिलाको विश्वव्यापी हडताल नेपालमा पनि देशव्यापी रुपमा मनाउन लागिएको भन्दै डा। अधिकारीले सहयोगका लागि पत्रकारहरूसंग आग्रह गरेकी हुन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा। अधिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ९८ मार्च० को अवसरमा विश्वभर नै महिलाहरूले हडताल मनाउन लागेको जानकारी दिइन् ।

डा। अधिकारीले महिलाले एकछिन मात्रै आफूले गरिरहेको काम रोकेको खण्डमा संसार ठप्प हुने बताइन् । ‘त्यसैले महिलाको कामको महत्व दर्शाउन र उनीहरूको कामको सम्मान होस् भन्ने उद्देश्यले ८ मार्चका दिन सबै महिलाहरूलाई एकछिन् आफूले गरिरहेको काम छोड्न आग्रह गरिएको हो’ डा। अधिकारीले थपिन्, ‘एकैछिन भए पनि आफूले गरिरहेको काम रोक्नुस्, संसार रोकिन्छ । ताकि महिलाको कामको महत्व संसारले बुझोस् ।’

पछिल्लो समय श्रमिक महिला दिवस पैंसा हुने एनजीओरआइएनजीओहरूको नारी क्लवको रुपमा मात्रै मनाइने गरेको भन्दै यसको औचित्य जोगाइराख्नका लागि विश्वभरका महिलावादीहरूले संसारभर महिलाको विश्वव्यापी हडताल मनाउन लागेका हुन् ।

महिलाको कामको मुल्यांकन होस् भन्दै मनाइने ८ मार्च केवल औपचारिकतामा मात्रै सिमित भइरहेको छ । संरचनागत परिवर्तनका लागि काम गर्दै आइरहेका महिलावादीहरू यो विषयमा चिन्तित हुँदै ‘महिला रोकिए, संसार रोकिन्छ’ भन्ने मूल नाराका साथ हडताल मनाउन लागेको डा। अधिकारीको भनाइ छ ।

हडताललाई संसार भरी धेरै वटा ठाउँमा धेरै वटा संस्थाहरूले संयोजन गरेका छन् । एशिया प्रशान्तमा कानून र विकासका लागि एसिया प्रशान्त फोरम ९ए। पी। डब्लु। एल। डी।० ले संयोजन गरिरहेको छ भने नेपालमा यो हड्तालको संयोजन महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल एवम् राष्ट्रिय आदिवासी–जनजाति महिला महासंघले गरिरहको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी अध्यक्ष डा। अधिकारीले वर्तमान अवस्थामा महिला आन्दोलन परियोजनामुखी भएको कुरामा खेद जनाइन् । महिलाको मुद्दा राजनैतिक मुद्दा भएकाले यसलाई संसार भरी नै उठाई महिला आन्दोलनलाई फेरि रणनैतिक बनाउनुपर्ने कुरामा उनको जोड थियो ।

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले महिला हडताल नेपालमा ८ मार्चको दिन ७७ वटै जिल्लामा मनाउदै छ । काठमाडौंमा भने ७ मार्चका दिन दिउसो २ बजे भद्रकालीबाट शुरु हुने र्‍याली माइतीघर मण्डला पुगेर कोणसभामा परिणत हुनेछ ।

र्‍यालीमा सबै जाती, धर्म, समुदाय, पेशाका महिलाहरू आ–आफ्नो पहिचानसहित सहभागी हुने अध्यक्ष अधिकारीले बताइन् । महिला खबरबाट