आमरण अनसनको ४८ घण्टा, लक्ष्मण थारुको स्वास्थ्य अवस्था विग्रिदै

धनगढी, ३ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु आमरण अनशन बसेको ४८ घण्टा वितेको । उनको स्वास्थ्य अवस्था विग्रिदै गईरहेको डाक्टरको भनाई छ ।

शनिबार विहान ९ः३० बजे सेति प्रादेशिक अस्पतालबाट स्थास्थ्य जाँचकोलागि खटिएका डा. निराजन दत्त शर्माले अनसनमा बसेका थारुको स्वास्थ्य जाँच गरेका थिए ।

उनले थारुको स्वास्थ्य अवस्था शुक्रबारको तुलनामा विग्रेको जनाए । डा. शर्माको भनाई अनुसार नेता थारुको रगतमा सुख्खापन देखिएको, मुटुको धड्कन बढ्दै गईरहेको, रिगता लाथ्ने, टाउको दुख्ने जस्ता समस्या देखा परेको जानकारी दिए ।

डा. शर्माले सुक्ष्म जाँचकोलागि सेति प्रादेशिक अस्पतालमै भर्ना भएर उपचार गराउन सुझाब दिए ।

त्यसै यस्तै आन्दोलनको तिस्रो दिन दिउसो १ बजे क्याम्सरोडको गुरही चोकमा तीन घण्टा चक्का जाम गर्ने मोर्चाका जिल्ला संयोजक माधब थारुले जानकारी दिए । उनले रेशम चौधरी लगायत सम्पूर्ण राजबन्दीहरुलाई रिहाई, लाल आयोगको प्रतिबेदन सार्वजनिक लगायतका १४ बुँदे माग सहितको आन्दोलनका सरिक हुन सम्पूर्ण पहिचानबादी पक्षधरलाई अनुरोध गरे ।

पत्रकार भेटघाटमा आदीबासी जानजाती महांघका केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्यालले थरुहट नेता लक्ष्मण थारु अनसन बसेको ४८ घण्टा पुगिसक्दा समेत राज्यको निकाय मौन बसेको आरोप लगाए ।

उनले पहिचान र अधिकारको लागि आन्दोलन गर्दा थारु भएकै कारण सरकारले अपराधि नजरियाले हेर्ने गरेको बताउदै १४ बुँदे माग हित जारी गरिएको आन्दोलनको सुनुवाई नभए विस्तारै ठूलो परिघटनामा परिणत हुन कुनै समय नलाग्ने चेतावनी समेत दिए ।