तरकारीको आयात रोक्न करेसाबारी

धनगढी, २९ माघ । बिदेशी तरकारीको आयात रोक्न धनगढीमा करेसाबारी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन भएको छ ।

तरकारी खेतीकोलागि नगरपालिकाले तरकारी विउ निशुल्क वितरण गर्ने साथै कृषि प्रविधीहरु हस्तान्तरण गरिरहेको छ । धनगढी उप–महानगरपालिकाले नगरबासीलाई रागकिरा सम्वन्धी ज्ञान र परामर्श दिनका लागि वडा तहमा जेटिए खटाएको छ ।

धनगढीको त्रिनगर भन्सार नाका भएर बर्षमा ५ अर्व भन्दा बढीको तरकारी भारतबाट भित्रिन्छ धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने ।

उनले बिषादीयुक्त करेशाबारी बारीलाई प्रवद्र्धन गर्न सके भारतबाट भित्रिने कार्य रोकिने बताए । धनगढी उप–महानगरपालिका क्षेत्र भित्र करेसाबारी बनाउन सकिने जमिन धेरै भएपनि तरकारी रोप्नेको जमात एकदमै न्यून छ । घरमै फलाएको तरकारी आर्गानिक मात्रै होईन आर्थिक बजत पनि हुने गरेको नगर प्रमुख वड बताउछन् ।