साइक्लिङमा धनगढीबाट पहिलो पटक महिला सहभागिता

धनगढी,२९ माघ । एक सय किलो मिटरको साइक्लिङमा पहिलो पटक धनगढीबाट महिलाको सहभागिता भएको छ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा भएको टुर दि ठाकुरद्वारा २०२० मा धनगढीबाट २० बर्सिया रमा बोहरा सहभागि भएकी छिन् ।

यस अघि हुने एक सय मिटर लामो साइक्लिङमा सुदूरपश्चिम प्रदेशबाट पुरुषहरूको मात्रै सहभागिता रहेको थियो ।

टुर दि ठाकुरद्वारामा सुदूरपश्चिम प्रदेशबाट पाँच जनाले सहभागिता जनाएका छन् । साइकल यात्री भरत विक्रम शाहको नेतृत्वमा रहेको टोलीमा इन्द्र बोहरा, योगेन्द्र खड्का, यमलाल रसाइली र रमा बोहराको सहभागीता रहेको छ ।