ट्राफिक प्रहरी पोष्टको भवन शिलान्यास

धनगढी, २९ माघ । धनगढी उपमहानगरपालिका १९ को फुलबारीमा ट्राफिक प्रहरी भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बिच प्रदेश सांसद नेपालु चौधरी र सुदूरपश्चिम ट्राफिक प्रदेश कार्यालय अत्तरियाका प्रमुख लोकेन्द्र श्रेष्ठले भवनको शिलान्यास गरेका हुन ।

प्रदेश ट्राफिक प्रहरीको समन्वय र वडा कार्यालयको पहलमानिर्माण गरिन लागेको भवनको शिलान्यास गर्दै सांसद चौधरीले सडकको बिस्तार र सवारी चाप बढेसंगै फुलबारीमा सवारी दुर्घटना बढ्दै गएकाले यसको न्युनिकरणका लागि ट्राफिक प्रहरी पोष्ट आवश्यक भएको बताए ।उनले ट्राफिक प्रहरी पोष्ट निर्माणका लागिआफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुदूरपश्चिम ट्राफिक प्रदेश कार्यालय अत्तरियाका प्रमुख श्रेष्ठले समुदायी प्रहरी साझेदारीमा नेपालमै पहिलो पटक नमुनाका रुपमा ट्राफिक प्रहरी पोष्ट निर्माण गर्न लागिएको बताए ।

‘यो एक नमुना हो । यस क्षेत्रमा ट्राफिक प्रहरीको आवश्यकता छ भन्ने आवश्यकतामहशुस गरेर २ महिनापहिले २ जना ट्राफिक प्रहरी परिचालन गरेका थियौ ।’

भने ‘अहिले वडा कार्यालयको पहलमा स्थानिय आफै सक्रिय भएर भवन नै निर्माण गर्ने कार्य सक्रिय हुनु सबैका लागि नमुना हो ।’ ट्राफिक पोष्ट स्थापना गर्दैमा सबै दुर्घटना न्युनिकरण नहुने भएकाले सबैले दुर्घटना न्युनिकरणका लागि सचेत हुन आवश्यक छ ।

भवन निर्माणका लागि तत्कालिन पुनरवास बस्ती विकासको फुलबारीमा रहेको ७ कट्टा मध्ये १ कट्ट जमिन उक्त भवनकोलागि छुट्याएको छ ।