सञ्चार विधेयक संशोधन हुन्छ : सभामुख थापा
कैलाली, २८ माघ । सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले सरकारले ल्याएको सञ्चार विधेयक संशोधन गरेर मात्रै पास गर्ने प्रतिवद्धता जनाएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले ९ औ विश्व रेडियो दिवस २०२० को अवसरमा धनगढीमा आयोजित रेडियो र विविधता सम्बन्धी अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताए ।
सभामुख थापाले सञ्चार विधेयक संशोधनकोलागि थुप्रै प्रस्तावहरु पेश भएको जानकारी दिदै यसलाई पुर्णता दिनकोलागि मिडिया कर्मीहरुसंग बृहट छलफल गरेर मात्रै संसदमा ल्याउने जनाए ।
उनले रेडियो जनताकोलागि सूचना प्रवाह गर्ने यन्त्र रहेको बताउदै समाज रूपान्तरणमा रेडियोको महत्वपूर्ण भूमिका हुने भएकोले भ्रामक सूचना प्रसारण नगर्न अनुरोध गरे ।

त्यस्तै प्रतिपक्षी दलका नेता डा.रण बहादुुर रावलले जनतालाई सचेत बनाउन सन्देश पठाउनेमा सामुुदायिक रेडियोको भुुमिका अतुलनिय रहेको बताए । संविधानले प्रेस स्वतन्त्रताको हक सुनिश्चित गरेको छ, प्रदेश सरकारले त्यही हकलाई टेकेर विधेयक बनाउन अग्रह गरे ।
यस्तै सांसद पुर्ण जोशीले सरकारले पत्रकारको सुरक्षासंगै वृत्ति विकास र व्यक्तित्व विकासकोलागि योजना निर्माण गर्नुपर्ने बताए । उनले सत्य कुरा जनता माझ ल्याउने जिम्मा पत्रकारकै रहेको बताए ।
समाचारको माध्येमबाट मात्रै सुचना प्रवाह हुदैन, कुनै बेला विज्ञानलेपनि सूचना दिईरहेको हुन्छ । जसले गर्दा समाजमा असर नपर्ने तरिकाले सन्देशहरु निर्माण गर्न सुझाब दिए । उनले रेडियो तथा टेलिभिजनको विज्ञापनलाई अकिंग गर्दै विज्ञापनलाई लैंगिक मैत्री बनाउन अनुरोध गरे ।
यस्तै सांसद मालामती रानाले सामुदायिक रेडियोले आदीवासी जनजातिका मुुद्धाहरुलाई केही मात्रमा उठान गर्दै आएको बताए । उनले सामुुदायिक रेडियोले सबै जात जातीहरुको कला, संस्कृति भाषा संरक्षण गर्न सबै समुदायको सवालमा केन्द्रीत हुनु जरुरी रहेको बताए । कार्यक्रममा विभिन्न संघसंस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।













