थरुहट थारुवानको घोषित कार्यक्रमको तयारी पुरा, टीकापुर जेलबन्दी परिवारपनि अनशन बस्ने

कैलाली, २७ माघ । थरुहट थारुवान राष्ट्रिय मोर्चाद्धारा घोषित आमरण अनशन तयारी पुरा भएको छ ।

मोर्चाको जिल्ला समितिले बसी फागुन १ गते देखि शुरु हुने आमरण अनसन लगायतको थरुहट थारुवान आन्दोलनको तयारी पूरा भएको जिल्ला संयोजक माधब थारुले जानकारी दिए ।

उनले आन्दोलानलाई सम्भ र व्यवस्थित गर्न विभिन्न उपसमितिहरुपनि गठन गरेको बताए । माधब चौधरीको संयोजत्वमा आर्थिक, मञ्च व्यवस्थापन तथा अतिथि सत्कार समिति, रामप्रसाद चौधरीको संयोजत्वमा सांस्कृतिक विभाग समिति, मानबहादुर चौधरीको संयोजत्वमा स्वयम सेवक विभग समिति, मास परिचालन समिति, प्रचार प्रसार विभाग समिति लगायतको उप समितिहरु गठन भएको छ ।

अनशन कार्यक्रममा टीकापुर जेल बन्दी परिवारहरुको पनि सहभागीता रहने मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले जनाए । उनले अबको आन्दोलन शान्ति र सद्भावको लागि हुने बताए ।

उनले देशको शान्ति र सद्भाव नबिगार्ने गरी आन्दोलनको तयारी गरेको बताउदै भने ‘फागुन १ गतेदेखि मेरै नेतृत्वमा धनगढी आमरण अनशनमा बस्दैछौं । फागुन २ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन गर्छाैं । यदि त्यतिले भएन भने हामी फागुन ५ गतेदेखि ३ दिन आमहड्तालको घोषणा गर्नेछौं ।’