‘सुचिकरणपछि राना थारु डगौरा थारुबाट अलग हुने’
काठमाडौं, २२ माघ । पश्चिम नेपालमा रहेका राना थारु समुदाय अलगै सूचिकरणमा परेका छन् । राना थारु नेपालको कैलाली र कञ्चनपुरमात्र स्थायी बसोबास रहेको देखिन्छ ।
उनीहरु सूचीकरणमा परेपछि रानाथारु समुदाय अब डगौरा थारु समुदायबाट अलग हुने भएका छन् ।
यसअघि डा. ओम गुरुङको संयोजकत्वमा आदिबासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले २०६४ सालमै रानाथारु समुदायलाई अलग सूचीकरण गर्नुपर्ने सिफारिस गरेको थिए । सोही सिफारिसको आधारमा माघ २० गते बसेको मन्त्रिपरिषदको बैठकले सो समुदायलाई अलग सूचीकृत गर्ने निर्णय गरेको प्रतिनिधि सभाका सांसद नारदमुनी रानाथारुले जानकारी दिए ।
नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाथारुले सूचीकरण गरेसँग थप अधिकारका लागि संघर्ष गर्ने बाटो खुलेको बताए ।
“सूचीकरण रानाथारु समुदायको पहिचान र अधिकारलाई सुनिश्चित् गरेको छ, अब थप अधिकारका लागि राज्यसँग माग गर्छौं” उनले रानाथारु समुदायको अलग भाषा, संस्कार, संस्कृति र पहिचान भएकाले अब डगौरा थारुबाट अलग हुने बताए ।













