लाल्तुराम बैजपुरको भलमन्सामा छनौट
धनगढी, २२ माघ । कैलारी गाउँपालिका वडा नं. ५ बैजपुर गाउँको भलमन्सामा लाल्तुराम बौखाही (अकेला) छनौट भएका छन् ।
गाउँको भुरा खेलबाट भलमन्सामा छनौट भएका हुन् । गाउँमा भलमन्साको लागि दुई जना उम्मेद्वारी दिएका थिए ।
भलमन्साको लागि लाल्तु किसानको बहुमत पाएपछि भलमन्सा बनेका हुन् ।
१०६ घरधुरी रहेको सो गाउँमा विकास निर्माण लगायत अन्य काम गर्न सजिलो होस् भनि ७ वटा गु्रप विभाजन समेत गरिएको नयाँ भलमन्सा लाल्तुले जानकारी दिए ।













