‘सबैले औषधी सेवन नगरिदिएर रोग निवारण हुन सकेन’
धनगढी, १९ माघ । हात्तीपाइले रोग निवारणको औषधी सबैले एक साथ सेवन नगरिदिएको कारण पुनः अर्को पटक अभियान थाल्नुपरेको छ । शहर बजारमा जन्ने सुन्ना व्यक्तिले समेत हात्तीपाइलेको औषधी सेवन नगरिदिएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधी सेवान अभियनका लागि पत्रकारहरुसंग अन्तरक्रिया गर्दै यस्तो बताइएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका जयसिंह भण्डारीले गाउँघरमा सामान्य व्यक्ति भन्दा पनि शहरमा बस्नेहरु हात्ती पाइले रोग निवारणको औषधी सेवन गर्नमा हिचकिचाई रहेको बताए ।
कैलाली सहित देशको १३ जिल्लामा यही माघ २५ गतेदेखि हात्तीपाइले रोग निवारणको लागि आम औषधी सेवन अभियान २०७६ सञ्चालन भईरहेको छ । अभियान अन्र्तगत कैलाली जिल्लामा ( लाख ४१ हजार ४३) जना लाभान्वित हुने बताइएको छ ।













