विपिआईको मेनुमै टपरी खाजा, स्थानीय परिकारको प्रवर्द्धन

कैलाली, १८ माघ । धनगढीमा स्थित वि पोलिटेक्निक इस्टिच्युटको मेनुमा टपरी खाजालेले स्थानीय महिलाहरुलाई आर्थिकरुपले सशक्त बनाउन पहल भएको छ ।  । विपिआईको सञ्चालिका हिरा भण्डारीले घरमा बसिरहेको महिलाहरुको सीप सदुपायोगसंगै उनीहरुलाई आर्थिकरुपले सक्षम बनाउन पातको टपरी बनाउन तर्फ आकर्षित हुदै आएको बताईन् ।

महिलाहरुलाई फुर्सदको बेला जंगलबाट ल्याइएको पातलाई सीपको माध्यमबाट टपरी बनाउन उत्प्रेरित गर्ने मात्रै नभएर सो टपरी इस्टिच्युटले प्रति पिस १० रुपैयाको दरले खरिद गर्दै आएको जानकारी दिईन् ।

गाउँमा खेर गईरहेको पातबाट थोरै मेहनतले बनेको टपरीबाट स्थानीय महिलाहरु राम्रो अम्दानी गरिरहेको उनले बताईन् । उनले यसरी काम गर्ने महिलाहरुलाई सरकारलेपनि प्रोत्साहन गर्न जरुरी रहेको बताईन् ।

सञ्चालिका भण्डारीले महोत्सवको हरेक स्टल, होटल, मेलापात, भोज भतेर, ब्रत बन्धहरुमा प्लाष्टिकको भाडाहरु बढी मात्रमा प्रयोग भईरहदा वातावरणलाई कत्ति सम्मको असर गर्दैछ भन्ने कुराको विश्लेषण गर्न जरुरी रहेको तर्क दिदै आफूले वातवरण मैत्री भाडा प्रयोग होस् भन्ने उदेश्ले टपरी खाजाको शुरुवाट गरेको जनाईन् ।

टपरी बनाउनेमा थारु महिलाहरु सक्रिय रहेको बताउदै उनीहरुलाई बेला बेला उत्प्रेणा दिदै आएको पनि बताईन् । उनले भनिन् ‘टपरी खाजा सेटमा थारु समुदायको विशेष परिकार ढिक्री, फुलौरी, पहाडी समुदायको परिकार फाउने माडा, माडा, डुब्का, सेलरोटी, आलुको अचार लगायतको खाजा खुवाने गरेको छौं ।’

‘यो मेरो पहिलो प्रयास हो, संस्कृतिलाई प्रवद्र्धन गर्न सक्यो भने आर्थिक क्रान्ति सम्भव छ ।’ सरकारलेपनि यस्ता सामाग्री उत्पादान गर्नेलाई प्रोत्साह दिने र बजार व्यवस्थापनकोलागि पहन गर्न नीतिगत योजना ल्याउन जरुरी रहेको भण्डारीले बताईन् ।

विपिआईको भान्छा इन्चार्ज बलराम पाण्डेले टपरी खाजाको धारणा ल्याइएपछि ग्राहकहरुको वाह वाही पाइएको बताए । उनले यस्ता धारणा सबै ठाउँमा हुन जरुरी रहेको बताए ।