शैक्षिक गुणस्तरीयताको लागि एभरेष्टले ल्यायौ स्टीम एक्स्पो एण्ड च्यालेन्ज कार्यक्रम

कैलाली, १८ माघ । कैलालीको गोदावरी नगरपालिका अत्तरिया स्थित एभरेष्ट एकेडेमीले शैक्षिक गुणस्तरीयताको लागि एभरेष्टले ल्यायौ स्टीम एक्स्पो एण्ड च्यालेन्ज कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

एकेडेमीले यहि माघ २९ र फागुन १ र २ गते नेपाल स्टीम एक्स्पो एण्ड च्यालेन्ज ०.२ कार्यक्रम गर्न लागेको हो । एकेडेमीको प्राड्डणमा हुने कार्यक्रममा पहिलो दिन शिक्षक तथा विशेषयज्ञशरुसंग अन्तरक्रिया गर्ने र दोस्रो र तेस्रो दिन विद्यार्थीहरुलाई प्रयोगात्म गराउने योजना रहेको आयोजकले जनाइएको छ ।

स्टीम शिक्षण पद्धतिलाई परिचय गराउने र विद्यार्थीहरुलाई विज्ञान, प्रविधी, इञ्जीनियरिड्ड कलालाई गणितको माध्यमबाट प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको एकेडेमीका प्रिन्सिपल स्माइल चौधरीले जानकारी दिए । स्टीम STEAM को पुरा रुप विज्ञान, प्रविधी, इञ्जीनियरिड्ड कला र गणित हो । एक्काइसौं शताब्दीलाई शिक्षाको आवश्यकतालाई पुरा गर्न स्टीम एक प्रभावकारी शैक्षिक प्रद्धति हो ।

प्रिन्सिपल चौधरीले स्टीमले विद्यार्थीहरुलाई दैनिक जीवनमा आइपर्ने समस्याहरुको समाधान निकाल्न, सिर्जनशील र समालोचनात्मक हुन सिकाउने बताए । यसका अतिरिक्त उनले विद्यार्थीलाई प्रयोगात्मक, अनुसन्धान गर्न, समूहकार्य र प्रस्तीतीकरण र थुप्रै सीपहरुको विकास गर्न सिकाउने बताए ।

स्टीम एक्स्पो एण्ड च्यालेन्ज कार्यक्रम अन्र्तगत स्टीम च्यालेन्ज प्रोजेक्ट र स्टीम एक्सपो प्रोजेक्ट हुने जनाएको छ । स्टीम च्यालेन्ज प्रोजेक्टमा विद्यार्थीहरुको समूहले कार्यक्रम स्थलमै निर्माण गर्ने र एक्सपो प्रोजेक्टमा विद्यार्थीले कार्यक्रम अगावै आफ्नो विद्यालयबाट सामाग्री निर्माण गरि ल्याउनु पर्ने छ । च्यालेन्ज प्रोजेक्टका लागि आवश्यक पर्ने साधारण सामाग्री तार, व्याट्री लगायत निर्माण औजारहरु विद्यालयले उपलब्ध गराउने जनाएको छ ।

स्टीम च्यालेन्जका लागि ३ जना सहभागी र स्टीम एक्सपो परियोजनाका लागि २ जना गरि जम्मा ५ जना सहभागी रहने र समूहका लागि कम्तीमा २ जना छात्रा अनिवार्य सहभागि गराउनु पर्ने छ ।

उक्त कार्यक्रमका लागि विद्यार्थीहरुले साइन्स टेक्नोलोजी, इन्जिनियरिड्ड, आर्टस् र म्याथम्याटिक्स मध्ये दुई वा बटी विषयलाई समेटी फिजीकल साइन्स, अर्थ साइन्स, लाइफ साइन्स, रोवोटिक, कम्प्युटर साइन्स, मेकानिकल, विल्डिड्ड कन्ट्रक्सन, इन्जिनियरिड्ड टेक्नोलोजी, डिजाइन, प्रोडक्सन एण्ड प्रोसेसिङ, इन्भाइरोमेन्टल एग्रीकल्चर अन्य क्षेत्रमा प्रोजेक्ट तयार गर्नु पर्नेछ ।

स्टीम कार्यक्रमका लागि ११ विधामा पुरस्कार प्रदान गरिने प्रिन्सिपल चौधरीले जानकारी दिए । स्टीम च्यालेन्ज अन्र्तगत प्रत्येक विद्या र मोस्ट इन्टरप्राइजिङ लाई रु ६ हजार र स्टीम एक्पो अन्र्तगत ३ हजार पाँचसय पुरस्कार प्रदान गरिने छ ।

कार्यक्रममा सहभागिताका लागि प्रति टीम सामुदायिक विद्यालयका लागि १ हजार र निजी विद्यालयका लागि २ हजार दर्ता शुल्क राखिएको छ ।

कार्यक्रममा सहभागी हुने टाढाका विद्यार्थीका लागि खाना तथा नास्ता व्यवस्था समेत गरिने जनाएको छ । यस्तै गोदावरी नगरपालिका भित्रका सरकारी विद्यालयहरुका एक विद्यालयबाट कम्तीमा १०० जना विद्यार्थीहरुलाई प्रदर्शनी मेला अवलोकन गर्नका लागि आयोजकले यातायातको व्यवस्था मिलाउने जनाएको छ ।

गोदावरी नगरपालिकाको आर्थिक सहयोग तथा एभरेष्ट एकेडेमीको आयोजनामा हुने तीन दिने कार्यक्रममा माघ २९ गते स्टीम बारे जनप्रतिनीधी, अभिभावक, प्रधानाध्यापक, तथा शिक्षकहरुलाई जानकारी गराइने छ । यस सेमिनारमा काठमाण्डौं विश्व विद्यालयका प्रोफेसर, नाष्ट ललितपुरका वैज्ञानिक, माइ स्टीम ल्याब, दिल्लीबाट स्टीम विज्ञहरुसंग अन्तक्रिया हुने जनाएको छ ।

त्यस्तै फागुन १ र २ गते स्टीम च्यालेन्ज प्रोजेक्ट र स्टीम एक्सपो प्रोजेक्ट हुने जनाएको छ । विद्यालयको यो दोस्रो संस्करण अन्र्तगतको कार्यक्रम हो । गत वर्ष २८ विद्यालयको सहभागिता रहेको थियो भने यस वर्ष ४० वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रम सम्पन्न गर्न कम्तीमा ७ लाख खर्च हुने आयोजक एभरेष्ट एकेडेमीले जनाएको छ ।