छोरी बलात्कारी गर्ने वुवालाई जन्म कैद

अर्घाखाची, १७ माघ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आफ्नै ९ वर्षीय छोरीलाई जबरजस्ती गर्ने बावुलाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको छ ।

अर्घाखाँची जिल्ला शितगंगा नगरपालीका ४ का एक व्यक्तिले आफ्नै ९ वर्षीय छोरीलाई जबरजस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा ती व्यक्तिलाई जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको इजलासले जन्म कैदको फैसला गरेको निमित्त श्रेस्तेदार नारायण बहादुर भट्टराईले जानकारी दिए ।

निजले गएको साउन २ गते छोरीलाई जबरजस्ती करणी गरेपछि उनी विरुद्ध मुद्धा दर्ता भएको थियो ।त्यस्तै सन्धिखर्कको डिभर्नामा ५ वर्षीय नातिनीलाई बलात्कार गर्ने हजुरबुवालाई २० वर्ष कैद र ४० हजार जरिवानाको फैसला जिल्ला अदालतले गरेको छ। अन्नपूर्णबाट