फागुन १ गतेदेखि सडक आन्दोलनमा उत्रिन्छौंः लक्ष्मण थारु
कैलाली, १५ माघ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले फागुन १ गतेदेखि सडक आन्दोलनमा उत्रिने तयारी पुरा भएको बताए ।
संयोजक थारुले झुठा मुद्धा फिर्ता, कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीसंगै आरोपित ११ जना जेल बन्दीहरुलाई रिहाको माग गर्दै आन्दोलनका कार्यक्रम तय गरेको जनाए ।
उनले फागुन १ गते अन्सन बस्ने, २ गते बृहट भेला गर्ने कार्यक्रम रहेको बताए । संविधान संसोशन, टीकापुर घटनाको छानबिन गर्न बनेका समितिहरूले बनाएको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिने बताए ।
उनले कैलाली र काठमाडौंको माइतिघरमा आमरण अनशन बस्ने जानकारी दिए । साथै धनगढी लगायत तराईका विभिन्न जिल्लामा जनप्रदर्शन गर्ने र मागहरु सुनुवाई नभए आमहड्ताल घोषणा गर्ने कार्यक्रमहरू मोर्चाले सार्वजनिक गरेको छ।













