जीवनलाई आनन्दमय बनाउन फागुन ८ गतेदेखि ओशो ध्यान
धनगढी, १३ माघ । सुदूरपश्चिम क्षेत्रका जनताहरुको जीवनलाई आनन्दमय बनाउन ओशो जागरण अभियान सञ्चालन हुने भएको छ । ओशो कैवल्य धाम ध्यान केन्द्रको आयोजनामा यहि फागुन ८ देखि १० गते सम्म शिविर सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरि जनाएको छ ।
शिविरमा वोधी सत्व स्वामी आनन्द अरुणले प्रशिक्षण दिने स्वामी प्रमोद शर्मा न्यौपानेले जनाए । उनले शिविरमा दूई सय जनालाई ध्यानमा केन्द्रीत गर्ने उदेश्यले सुदूरपश्चिम प्रदेशमा तयारी तथा पत्रचार भईरहेको न्यौपानेले जानकारी दिए ।
ओशो जानगरण अभियानले बाहिरको संसार सम्बृद्ध बनोस् र भित्रि संसार आनन्दमय होस् भन्ने उदेश्यका साथ थुप्रै विधि प्रयोग गरेर ध्याय केन्द्रीत गर्न शिविर सञ्चालन गर्न लागेको न्यौपानेले बताए । जागरण अभियान धनगढीको ओम प्यालेसमा विहान र बेलुका गरि दुई चरणमा कार्यक्रम हुने जनाइएको छ ।













