भ्रामक भाषणले सत्तामा पुगेका राजनेताहरुकाे चमत्कारी
भिन्न कथाहरु पढ्दा सुन्दा एउटै कुरा मनमा खेलीरहन्थ्यो कि यी कथाहरुमा जस्तै चमत्कार साँच्चीकै जीवनमा कहिले देख्न, सुन्न र भोग्न पाइएला ? यस्तो चमत्कारको प्रतिक्षा गर्दा गर्दै आफ्नै आँखाअगाडी भइरहेका चमत्कारहरु नदेखेको महसुस भयो । यस्तो महसुस नहोस पनि कसरी नेपालको राजनीतिमा दिनदिनै, छिन छिमै चमत्कारहरु भइरहेका हुन्छ । यो चमत्कारी तथ्य अलिकती राजनीतिक चासो बढेसँगै थाहापाए रोचक लाग्यो र यसो कोर्न मन पनि लाग्यो ।
नेपालमा राणा विरोधी आन्दोलनबाट जनताको संलग्नता र सहभागीतामा आन्दोलनको सुरुवात भएको देखिन्छ । विभिन्न साना–ठूला आन्दोलनहरुको जगमा २०४७ सालमा पुनः नेपालमा प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रको स्थापना सँगै नेपाली जनताले सांस्कृतिक समुदायिक र जातीय पहिचानको लागि आन्दोलनको थालनी गरे । यहि पहिचानको राजनीतिको जगमा १० वर्ष नेपालमा सशस्त्रद्वन्द्व समेत भयो । विभिन्न पछाडी परिएका जातजातिर गरिब जनता पहुँच र पहिचान सुनिश्चित गर्ने भन्दै सुरु भएको तत्कालीन नेकपा (माओवादी) को आन्दोलन आज नेकपा हुँदै सरकारको नेतृत्वगर्ने सबै भन्दा ठूलो दल बनेको छ ।
तत्कालीन नेकपा (माओवादी) ले उठाए पहिचानका मु्द्धाहरु अहिले विर्सी सकेका छन् । मुद्धा उठाउने, जनताको समर्थन पाउने र बिर्सिने राजनीतिक दलहरुको चमत्कार त दिनदिनै देख्न पाइएकै छ । तर पहिचानका मुद्धाहरुमा स्वयं पछाडी पारिएका जातजाति र समुदाय पनि चमत्कारीक रुपमा सबै कुरा भुलेका त छैन कि भन्ने विषय वस्तु महत्वपूर्ण चासोको विषय हो ।
यसै सन्दर्भमा हेर्दै जाँदा २०७२ भाद्र ७ र ८ गते कैलालीको टिकापुरमा पहिचान र परिवर्तनकै लागि आन्दोलन हुँदा के कस्ता घटनाहरु भए र ति घटनाहरुलाई ककसले कुनकुन ढंगले विश्लेषण गरे त्यो कुरा भनेर र लेखेर सम्भव छैन । तर संक्षेपमाके देखि सक्यो भने आन्दोलनको क्रममा भएका घटना अराजक र राज्यको संरक्षामा भएको गतिविधि प्रशंसनिय भएको विश्लेषण विद्वानहरुका मुखार विन्दुबाट सुन्न पाइयो । यो विश्लेषणको चमत्कार त सामान्य नै थियो तर यो भन्दा अर्को ठूलो चमत्कार त त्यति बेला भयो जब उक्त थारुहरु आन्दोलनका प्रमुख नेतृत्वकर्ताहरु सरकारमा पुगे र घटनाको दिन घटना स्थलमै नभएको रेशम चौधरीलाई मुख्य अभियुक्त बनाएर राज्यले मुद्धा चलायो । यस घटनालाई आधार बनाएर रेशम चौधरीले निर्वाशन समेत बस्नु प¥यो । २०७४ सालको आमनिर्वाचनमा स्वयं रेशम चौधरी घटना भएकै क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागिउम्मेदवार भए र उक्त क्षेत्रमा जनताले चमत्कारीक रुपमा रेशम चौधरी निर्दोष भएको प्रमाण स्वरुप अत्याधीक बहुमतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराए । यो तथ्य राज्य र राज्यका पहुँचमा रहेका व्यक्तिहरुका लागि भने कुनै चमत्कारीक थिएन ।
उक्त टिकापुर घटनामा तत्कालीन एकिकृत नेकपा (माओवादी), राष्ट्रिय जनता पार्टी र स्वयंथारुहरु आन्दोलनका नेतृत्वकर्ताहरुले घटनाको जिम्मेवारी लिएपनि चमत्कारीक रुपमा सरकारले अर्को चमत्कार ग¥यो जहाँ कारागारमा रहेका रेशम चौधरीलाई संघिय संसदको शपथग्रहणले पुनःआमजनता र थारु समुदायमा न्यायको दियो बलेको भएपनि खासै उपलब्धी केही भएको छैन । यसै क्रममा राष्ट्रिय जनतादलले अर्को चमत्कार ग¥यो । राजपाका नेताहरु आपूmलाई आन्दोलनमा रहेको र थुना रहेका आफ्ना नेताकार्यकर्ताहरुलाई न्याय दिलाउने वाचा गर्दै प्रदेश नं. २ बाट राष्ट्रिय सभा सदस्यको २ सिट प्राप्तगर्न सरकारसँग सम्झौता गरे र आफ्ना जेलमा रहेका नेताकार्यकर्ताहरुको सबै पिडा बिर्सि छिटै राजपा सरकारमा सहभागी भएर अर्को चमत्कार नगर्ला भनेर भन्न सकिँदैन ।
एकातिर आन्दोलनको भारमा नेपाली जनताहरु पिडा भोगी रहेका छन् । जेलमा रहेका नेताकार्यकर्ताहरु बिरामी भएर अस्पतालमा उपचारका लागिपुग्दा समेत फलामे संगालो बेरिएर बस्नु परेको छ भने मुख्य नेतृत्वकर्ताहरु भने चमत्कार माथिचमत्कार गर्दै राज्यको श्रोतहरुको भरपुर दोहन गर्दैछन् ।
भर्खरै सम्पन्न थारुहरुको महानपर्व एवं नयाँवर्षको रुपमामनाइने माघ पर्वको अवसरमा सत्ताको नेतृत्व गरेको दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाँडै रेशम चौधरीलाई जेल मुक्त गराउने भन्दै चमत्कारीक भाषण समेत गरे । यतिमात्रै नभएर प्रचण्डले जनयुद्धका क्रममा पाँच हजार जनाको ज्यान तत्कालीन नेकपा (माओवादी) को तर्फबाट भएको र उक्त सम्पूर्णको जिम्मेवारी समेत आपूmले लिने चमत्कारीक घोषणा गरे । यो सबै विषय वस्तुको पछाडीको मुख्य चमत्कार के रह्यो भने सारा हत्या हिँसाका जिम्मेवारी लिनहरु सरकार र सत्तामा छन् भने झुटो आरोपमा सामान्य व्यक्तिहरु जेल जीवन बिताइ रहेका छन् ।
प्रचण्डको उक्त भाषण पछि थारुहरुले १५ दिने अल्टीमेटम दिँदै पुनःआन्दोलनको घोषणा गर्दा अर्का चमत्कार भए जस्तो लागे पनि उक्त चमत्कार विभिन्न चरणमा राज्य सँग वार्ता र सम्झौतागर्ने प्रयास र निष्कर्ष विहिन वार्ताहरुको परिणाम हो । थारुहरुको पहिचान र पहुँचकालागि हुने गरेका आन्दोलनहरुमा सम्पूर्ण थारु कलाकारहरुको सहभागीताको लागि थारु कलाकार मञ्चको अध्यक्षको हैसियतले विनम्र अनुरोध गर्दछु र निरन्तर रुपमा आन्दोलनमा समर्पित हुने विश्वास समेत दिलाउन चाहन्छु । अन्त्यमा पहिचानको आन्दोलन कसैलाई सिद्याउन र कसैे सत्ताको सिँडी चढ्नको लागिप्रयोग नहोस् भनि सम्पूर्ण आम थारु समु्दायलाई सचेत बन्न समेत आग्रह गर्न चाहन्छु । (लेखक राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष हुन् ।)













