गौरी फन्टा सिमानामा भारतले मनायो ७१ औ स्वतन्त्रता दिवस (फोटो फिचर)
धनगढी, १२ माघ । कैलालीको सीमानाका गौरीफन्टामा भारतले ७१ औ स्वतन्त्रता दिवस मनाइएको छ ।
भारतको विश्व हिन्दु परिषद सान्धी डा. प्राची र धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले संयुक्त रुपमा भारततीय राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका थिए ।

नगर प्रमुख वडले गणतन्त्र दिवसको शुभकामना दिदै भारतसंग खानपिन, रोजीरोटी लगायतको सम्बन्ध रहेको बताए । यो सम्बन्ध संधैभरि कायम राख्नुपर्ने बताए ।
त्यसै गरि भारतको विश्व हिन्दु परिषद सान्धी डा. प्राचीले नेपाल र भारत प्रेमसंग बस्न अनुरोध गरे । उनले ठूलो बलदानीको बाबजुद गणतन्त्र आएको बताउदै सबैमा भाईचाराको सम्बन्ध कायम हुन जरुरी रहेको बताए ।
















