मजगाउँमा माघ महोत्सव सम्पन्न
धनगढी, १० माघ । गोदावरी नगरपालिका वडा नं. ८ मजगाउँमा भएको माघ महोत्सव सम्पन्न भएको छ । समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सांसद चुन कुमारी चौधरी प्रमुख अतिथि रहेका थिए ।
थारु समाजसेवी तथा प्रतिभावान व्यक्तिहरुलाई सम्मान पत्र र माला लागाएर सम्मान गरिएको थियो । महोत्सवमा थारु समुदायका भेषभुषा, कला, संस्कृति झल्कने झाँकी, नृत्य प्रस्तुत गरिए थियो ।
तीन दिन सम्म चलेको महोत्सवमा थारु कलाकारहरु थारु पहिरनमा सजिएका थिए । साथै थारु कला संस्कृति हस्तकलाका विभिन्न सामग्रीहरुको प्रदर्शनी, स्थानीय झाँकीहरुको प्रवद्र्धन, थारु खानपानको व्यवस्था, रहेको थियो ।













