गोलादेउमा ग्वाँसी समैजी जात्र लाग्ने
धनगढी ८ माघ । कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र गोलादेउमा ग्वाँसी समैजी देवताको जात्रा लाग्ने भएको छ । ग्वाँसी समैजी देवता जात्रा ब्यबस्थापन समितिले जात्राको तयारी गरिरहेको छ ।
समितिका सदस्य चित्रबहादुर क्षेडालले जात्रा लाग्न लागेको यो तेश्रो बर्ष रहेको जानकारी दिए । कैलालीको पश्चिमी क्षेत्रमा ग्वाँसी समैजीलाई भूमी देवताको रुपमा पुज्ने गरिन्छ ।
समितिका अनुसार माघ शुक्ल दशमीका दिन अर्थात माघ २१ गते ग्वाँसी मन्दिर ग्वासखोलामा जात्रा लाग्ने छ । त्यसैगरी २२ गते हाटखोलीमा २३ गते दैद्धारी र २४ गते गोलादेउ जात्रा तथा पुजन कार्य हुने जनाए । जात्रामा बिवाह, ब्रतवन्ध, लाखवत्ती बाल्न चाहनेहरुका लागि पनि ब्यबस्था गरिएको बताईएको छ ।













