गोदाबरी नगरपालिका ८ मा माघ समारोह सम्पन्न
धनगढी, ४ माघ । थारु समुदायको नयाँ वर्ष एवम् महान पर्व माघको अवसरमा गोदाबरी नगरपालिका ८ फकलपुर जनचेतना मूलक माघ समारोह सम्पन्न भएको छ ।
फकलपुर जागृति यूवा क्लबको आयोजनामा सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा थारु साँस्कृतिक तथा जनचेतनामूलक नाटकहरु देखाइएको थियो ।

परम्परागत थारु संस्कृतिको संरक्षण तथा प्रवद्र्धनको लागि परम्परागत तथा आधुनिक नाच, झुमरा, मघौटा, लठ्ठि नाच, धमार लगायतका साँस्कृतिक कार्यक्रम देखाइएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई थारु परिकार ढिक्री, सिध्रा माछा, सिन्कीको चटनी, आलुको अचार, घोघी, झिंगा माछा खुवाएर स्वागत गरेका थिए । गोदाबरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँद प्रमुख आतिथि रहेका थिए ।















