कुरीति मान्ने र मान्न लगाउने दुबैलाई कार्बही हुने कानून बनाउँदैछौंः अध्यक्ष चौधरी
धनगढी, २६ पुस । कैलारी गाउँपालिका वडा नं. ७ का अध्यक्ष कमल प्रसाद चौधरीले कुरीति मान्ने र मान्न लगाउने दुबैलाई कार्बही हुने कानून बनाउँन लागेको बताए ।
कैलारी गाउँपालिका वडा नं. ७ को कार्यलयमा आयोजित सामाजिक कुरीति नीति सचेतना कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
उनले भने, ‘नेपालको संविधानदेखि धर्म शास्त्रसम्ममा पनि कहिँनेर विभेद छैन । तर हाम्रा व्यवहारले समाजलाई विभेदकारी बनाएकोले कुरीतिजन्य हिंसाको अन्त्य हुन नसकेको हो ।’ सामाजमा व्यप्त कुरीतिको अन्तय गर्न गाउँपालिका कुरीति मान्ने र मान्न बाध्यकारी बनाउँने दुबै कार्बही हुने कानून बनाउँने तयारीमा जुटेको बताए ।
उनले थारु समुदायमा छाउपडि बार्ने चलन छैन तर विस्तारै त्यो चलन पनि भित्रिरहेको बताउँदै समाजमा जातीय छुवाछुत, बोक्सी आरोप लगाउँछ जस्ता धेरै समस्या गाउँघरमा यथावत रहेकोले यस्ता कुरीति कुसंस्कार अन्त्यकोलागि गाउँपालिकाले अधिबेशनबाट कुरीति विरुद्ध नीति समेत बनाई सकेको जानकारी दिए ।
नेपालमा छाउपडी विरुद्धको कानून, जातिय भेदभाव विरुद्धको कानून निर्माण भईसक्दा समेत सुदूरपश्चिम छाउपडीले चिनिएको प्रदेश भनेर चिनिन थालिएको अवस्थामा थारु समुदायका एकाद मान्छे त्यो देखासीखी सो कुसंस्कार अगाल्न खोजेको बताउँदै, यस्तो कुसंस्कारलाई गाउँमा प्रबेश गर्नबाट रोक्न गाउँपालिकाले छुट्नै कानून बनाउँन लागेको बताए ।

उनले आफूबाटै परिवर्तनकको सुरुआत गर्न सकेको खण्डमा मात्रै अरुलाई परिवर्तन गर्न सकिने भन्दै कुरीतिजन्य हिंसालाई सून्यमा झार्न सोचलाई सकारात्मक बनाएर अगाडी बढ्न आग्रह समेत गरे ।
त्यसै गरी महिला सदस्य मुसल्फीदेबी चौधरीले आजको एक्काइशौं शताब्दीमा पनि नेपालमा धेरै खालका कुसंस्कारहरु विद्यमान रहेको भन्दै त्यसका विरुद्ध गाउँका अगुवा, भलमन्सा र यूवा शक्ति सशक्त भएर लाग्न जरुरी रहेको बताए । उनले भनिन्, ‘गाउँपालिकाको जिम्मेवारी नीति तथा कानून निर्माण गर्ने हो, तर हामी सबै मिलेर ती कानून कार्यन्वयनकोलागि पहल गर्नुपर्छ । अन्यायमा परेकालाई न्याय दिलाउन सहयोग गर्नु पर्छ ।’
कार्यक्रममा केर्नी मिडियाका अध्यक्ष तथा पत्रकार उन्नती चौधरी कार्यक्रमको सहजीकरण गर्दै कुरीतिजन्य हिंसा अन्त्यका लागि कानूनमा भएको व्यवस्था बारे जानकारी गराएकी थिईन् । उनले धर्म, संस्कार र परम्पराका नाममा विद्यमान कुरीतिहरुकै कारण सामाजमा धेरे महिलाहरु हिंसाको सिकार भएको बताईन् । केर्नी मिडिया प्रालिद्धारा आयोजित कार्यक्रममा कैलारी गाउँपालिका वडा नं. ७ को कार्यालयले आर्थिक सहयोग गरेको थियो ।













