थारु बस्तीमा माघको रौनक, ठाउँ ठाउँका माघ मिलन कार्यक्रम
धनगढी, २५ पुस । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोरसुवाम माघ मिलन कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालय र धनगढी उप–महानगरपालिकाको आर्थिक सहयोगमा माघ मिलन मुल आयोजक समितिले कार्यक्रम गरेको हो ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय महामन्त्री तथा गुठी संस्थानका अध्यक्ष मीनराज थारुको प्रमुख आतिथ्यतामा माघ मिलनकार्यक्रम भएको थियो ।
कार्यक्रममा थारु समुदायको लोप हुनै लागेको कला, संस्कृति जर्गेना गर्न यस्ता कार्यक्रमको आवश्यक रहको थारुले बताए । त्यसैगरी उप प्रमुख शुसिला मिश्रभट्टले कला, संस्कृति जर्गेनाकोलागि थारु महिलाहरको ठूलो भूमिका रहेको बताईन् ।
कार्यक्रममा थारु कल्याणकारीणि सभा कैलालीका उपसभापति माधव थारु लगायत मन्तव्य व्यक्त गरेका थिए ।













