‘थरुहट छाडेर खसानमा किन जाने ?’
कैलाली, २२ पुस । प्रदेश नं. ५ को राजधानी र नामकरणको विषयमा बहस चलिरहदा बाँके र बर्दियालाई टुक्र्याएर कर्णाली प्रदेशमा मिसाउन कुरा चर्चा भईरहेको छ । सो कुराको जबाफ दिदै प्रदेश ५ का प्रवक्ता बैजनाथ चौधरीले ‘मिडिया खपत’का लागि भाषण नगर्न आग्रह गरेका छन् ।
उनले एकाध व्यक्तिले भाषण गर्दैमा बाँके र बर्दिया कर्णालीमा गाभ्ने कुरा सम्भव नरहेको दाबी गरेका छन् ।
मन्त्री चौधरीे भने बाँके र बर्दियाका थारुहरु कुनै हालतमा कर्णालीमा गाभिन सक्दैनन् । ‘यो थारु र मगरहरुको बाहुल्य प्रदेश हो, उनीहरु किन अल्पमतमा पर्न कर्णालीमा जान्छन् ?’, उनले प्रतिप्रश्नमा भने ‘थारुहट छाडेर खसानमा किन जाने ?’
प्रवक्ता चौधरीले माघ ५ गतेदेखि सुरु हुने अधिवेशनमा राजधानी र नामकरणको विषयमा छलफल हुने बताए । ‘यही अधिवेशनले नै राजधानीको टुंगो लाउँछ।’













