जाली गाउँ माघ महोत्सवबाट तथा खोजनीबोज्नी हुने
कैलाली २१ पुस । जाली गाउँ माघ महोत्सव २०७६ ले खोजनीबोज्नी कार्यक्रमबाट भल्मन्सा चयन गर्ने बनाएको छ ।
धनगढी उपमहानगरपलिका ६ जालीमा पुस २९ देखी माघ ३ गते सम्म लाग्ने माघ महोत्सवमा भलमन्सा र चौकिदार चयन निर्णय गरेको छ ।
हरेक बर्ष स्थानीय कला संस्कृति, पर्यटन, व्यापार प्रर्बद्धनका लागी लाग्ने माघ मेला यस बर्ष महोत्सवको रुपमा लाग्ने आयोजक न्यु उपदेश यूवा क्लबका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
महोत्सवमा पेलान्टी सुटआउट फुटवल प्रतियोगिता, थारु समुदायका कला संस्कृतीको प्रदर्शनी, माघ स्नान, थारु समुदायका खानपानका परिकाहरु, थारु समुदायको सखिया नाच प्रतियोगिता गर्ने देउवाले बताए ।
मुल आयोजक समितिका संयोजक बेदप्रशाद चौधरी पुस २९ गते महोत्सव सुरुको दिन पेलान्टी सुटआउट प्रतियोगिता हुने बताए । प्रतियोगितामा विजतालाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार पुरस्कार राखिएको बताए ।













