सुदूरपश्चिममा भारी हिमपात, महिला तथा बालबालिकालाई सास्ती
बैतडी, १८ पुस । सुदूरपश्चिमको पहाडी जिल्लामा भारी हिमपात भएको छ । बैतडीको श्रीभावर, ढोल्यामोड, सिगासधुरा, खोड्पे,सतबाँझ, ग्वाल्लेक, जित्कीजुवाँड, कलालबसेलगायतका क्षेत्रमा हिमपात भएको हो ।
हिमपातले त्यहाँका महिला तथा बालबालिकाहरुलाई एकदमै सास्ती भएको स्थानीय बताउँछन् । बिहीबार राती भएको हिमपातले चिसो बढेको छ ।
चिसोका कारण महिलाहरुलाई घाँस दाउरा, गाई बस्तु स्याहार्ना एकदमै कठिन भईरहेको छ । उनीहरु घर बाहिर निस्कन समेत मुस्किल भएको लक्ष्मी शाह चन्दले बताईन् ।













