बुवाद्धारा चार वर्षीया छोरीको बलात्कार गरी हत्या भएको आरोप

कञ्चनपुर, १४ पुस । कञ्चनपुरमा सौतेलो बुबाले चार वर्षीया छोरीको हत्या गरेको आरोप लागेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा सोमबार ३० वर्षीय इन्द्र चुनाराले चार वर्षीया छोरी हत्या गरेको आरोप लागेको हो।

चुनारालाई कुटपिट र बलात्कार गरी हत्या गरेको आशंकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए। बालिकाको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। चुनारा मदिरामा लठ्ठ रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भईरहेको छ।