धनगढीका पर्यटकिय स्थल घुम्न निःशुल्क बस सञ्चालन
धनगढी, १४ पुस । धनगढी उप–महानगरपालिकाले भ्रमण बर्ष २०२० लाई सफल पर्यटकहरुलाई सहज होस् भन्ने उदेश्यले ५ दिन निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
धनगढी उप–महानगरपालिकाले त्रिनगर भन्सार नाकाबाट बेहडाबावा, थारु होमस्टे गाउँ भादा घुमेर पुनः त्रिनगर भन्सार सम्म निशुल्क बस संचालन गरिने भएको छ ।
पहिलो दिनबाट नै नेपाल भारत नाकामा पर्यटक सहायता कक्षबाट पर्यटकहरुलाई चिया तथा कफी खुवाउने, फुलमाला र खादाले स्वागत गर्ने तयारी भईरहेको छ ।
धनगढी उप–महानगरपालिकाले प्रदेश तथा संघ सरकारले पर्यटक बर्ष २०२० सफल बनाउनका लागि सबै गतिविधीमा सहभागि जनाउने धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले बताए ।













