नेपालको पर्यटकीय क्षेत्र अवलोकन गर्न सीमामा सहज बनाउने : मन्त्री भट्ट
कैलाली, १४ पुस । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले नेपालको पर्यटकीय क्षेत्र अवलोकन गर्न सीमामा सहज बनाउने बताए ।
उनले भारतीय पर्यटकहरु सुदूरपश्चिममा भ्रमण गरिदिन अनुरोध समेत गरे । पर्यटन वर्ष २०२०लाई सफल पार्न भारतीय पर्यटकहरुको महत्वपूर्ण योगदान रहेको मन्त्री भट्टले बताए । उनले भारतसंगको मित्रता कायम नै रहेको बताउदै भारतीय पर्यटकहरु नेपालको पर्यटकीय गन्तव्य सम्म पुगेर अवलोकन गरिदिन अनुरोध गरे ।
सुदूरपश्चिममा भारतीय नाका पाँच ठाउँमा खुल्ला रहेको जानकारी दिदै भारतीय पर्यटकहरुलाई नेपालको पर्यटकीय क्षेत्र अवलोकन गर्न सीमामा सहज बनाउने बताए । बाह्रय पर्यटकहरुलाई सुदूरपश्चिम अवलोकनका लागि सहज वातावरण सृर्जना गर्न प्रदेश सरकार तयारी गरिरहेको जनाए ।
त्यसै गरि कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञ बोहराले सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले एकदमै सुन्दर रहेको बताए । उनले सुदूरपश्चिमको कला संस्कृति, शुक्लाफाँटा बन्यजन्तु, हिमाल पहाड र तराईको रमणिय क्षेत्रको अवलोकन गर्न बाह्रयहरुलाई शान्ति सुरक्षामा कुनै समस्या हुन नदिने बताए ।

सुदूरपश्चिममा भारतको उत्तराखण्डबाट ठूलो संख्यामा पर्यटकहरु आउने गरेको बताउदै सुदूरपश्चिम क्षेत्रमा भारतीय पर्यटकहरुलाई शान्ति सुरक्षामा कुनै कमी नराख्ने बताए ।
उनले ई–रिक्सालाई ट्राफिक नियमको पालन गर्न प्रशासनिक निकायसंग छलफल गरि सडक व्यवस्थापनमा पहल गर्ने बताए । उनले पर्यटन वर्षमा भारतीय पर्यटकहरु बढि मात्रमा नेपाल भित्रियाउन भारतीय सञ्चार माध्यमको सहयोगको अपेक्षा लिएको बताए ।
त्यसै गरी सुदूरपश्चिमका उद्योगपति गोपाल हमालले सुदूरपश्चिम प्रदेशमा पर्याप्त पर्यटकीय क्षेत्रहरु रहेको भन्दै यहाँका गन्तब्यहरुको प्रवद्र्धनमा प्रदेश सरकार गम्भिर बन्नुपर्ने बताए ।
नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल भारत पत्रकार संघले पर्यटन प्रबद्र्धनमा सञ्चार माध्यमको भूमिका विषयक छलफल गरेको थियो ।













