कैलाली कारागारका कैदी वन्दिलाई कम्वल

धनगढी, १४ पुस । धनगढी उप–महानगरपालिकाले कैलाली कारागारक कैदी वन्दिलाई कम्वल वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीले उपलब्ध गराएका ३ सय थान कम्वल वितरण गरेको हो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैदीवन्दीलाई सो कम्वल हस्तान्तरण गरेका हुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी उप–महानगरपालिकालाई हरेक क्षेत्रबाट सहयोग पु¥याउने नेपाल रेडक्रस सोसाईटी कैलालीलाई धन्यवाद दिए ।

उनले कारागारलाई सुधारगृहको रुपमा लिने भएकोले कारागार बसेकाहरु निस्केर समाजमा राम्रो काम गर्न सक्ने विश्वास लिएको बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कारागारमा रहेका कैदिवन्दीले आफ्नो ब्यावहारमा सुधार गरेमा उनिहरुका लागि राहतका कार्यक्रम ल्याउन तयार रहेको बताए ।

जिल्ला कारागार शाखा कैलालीका ५ सय २८ जना कैदिवन्दीहरु रहेका छन् । क्षमता भन्दा बढी कैदिवन्दी हुदा समस्या हुने गरेको छ । यसैगरि चिसोबाट बच्नका लागि कैदीवन्दीलाई दाउरा समेत वितरण गरेको छ ।