स्थानीय सरकारलाई मानव अधिकार मैत्री बनाउन एफएमडिसीको लक्ष्य

धनगढी, १३ पुस । एफएमडिसी, विकास र सामाजिक परिवर्तनका लागि संचारको १८ औँ स्थापनादिवस तथा छैटौँ अबिधवेशन शनिबार भएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले नेपालको झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरेका थिए। सामाजिक विकास मन्त्री सुबेदीले नागरिक संस्थाहरुले नागरिकहरुलाई मानवअधिकारको बारेमा सिकाए जस्तै कर्तव्यको बारेमा पनि सिकाउन जरुरी भएको बताए।

एफएमडीसीका कार्यकारी निर्देशक उमीद बागचन्दले एफएमडीसीले कैलालीले धनगढी उपमहानगरपालिकामा नागरिकता लगायत मुख्य घटना दर्ता र आमनागरिकको सरकारी सेवा सुविधामा पहुँच बढाउन र जनताप्रति सरकारी निकायलाई उत्तरदायी बनाउन पहल गरेको बताए। उनले गौरीगंगा नगरपालिकामा पारस्पारिक जवाफदेहिता परियोजना संचालन गरेको र गौरीगंगा नगरपालिकालाई एकबर्षभित्र मानव अधिकार मैत्री नगरपालिका बनाउने लक्ष्य लिएको बताए।

धनगढी उपमहानगरपालिकाकानगर प्रमुख नृपबहादुर वडले धनगढी नगरपालिकालाई नागरिकता लगायतमुख्य घटना दर्ता र आम नागरिकको सरकारी सेवा सुविधामा पहुँच बढाउन र जनताप्रति सरकारी निकायलाई उत्तरदायी र जवाफदेही बनाउन सहयोग गरेको बताए। गौरीगंगा नगरपालिका नगर प्रमुख भिम बहादुुर देउवाले एफएमडिसीले जनप्रतिनिधीको कर्तव्य र नागरिकको कर्तव्य बारे समेत बुझाएर समग्र गौरीगंगाको विकासमा महत्वपुर्ण भुमिका खेलेको बताए।