महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेन
धनगढी, ११ पुस । राज्यले रहेक निकायमा महिलाहरुलाई ३३ प्रतिशत सहभागिता गराउने नीति ल्याएपनि अर्थपूर्ण सहभागिता हुन नसकेको एक कार्यक्रममा बताएको छ ।
ग्रामिण विकास तथा अनुसन्धान केन्द्र सुशासन परियोजनाद्धारा आयोजित महिला तथा सिमान्तकृत समुदायको नेतृत्व र प्रजात्रान्त्रिक निर्णय प्रक्रियामा सहभागिता कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
सरकारले लक्षित समुदायलाई मध्ये नजरगरि उनीहरुको पहुँच अभिबृद्धिसंगै निर्णयक प्रक्रियामा अर्थपूर्ण सहभागितामा प्रभावकारी नीति तथा कार्यक्रम बनाउन आश्यक रहेको सहभागीहरुको जोड थियो ।
कार्यक्रममा संस्थागत विकास, नेतृत्वकोलागि व्यक्तिगत आचरण तथा नेतृत्व सीपको बारे छलफल भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका जिल्ला संयोजक ठाकुर करिया प्रधानले गरेका थिए ।













