थारु भाषा कला संस्कृति जोगाउनलाई मजगाउँमा माघ महोत्सव गर्ने

धनगढी, ११ पुस । गोदावरी नगरपालिका ८ मजगाउँमा माघ ८,९ र १० गते माघ महोत्सव हुने तयारी भईरहेको छ । थारु कल्याणकारिणी सभा गोदावरीको आयोजनामा हुन लागेको महोत्सवमा थारु भाषा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा थारु समुदायको पुरानो घर र देउथनुवालाई आकर्षणको केन्द्रबिन्द बनाउने बताइएको छ ।

महोत्सव आयोजक समितिका कार्यक्रम संयोजक माधव चौधरीले मेलामा थारु खानपानका परिकार, नाचगान, थारु कलाकारहरुको प्रस्तुतीसंगै माडर्की मार, धमार, मागर सजना गितलाई स्थिान दिने बताए ।

उनले थारु समुदायको कला संस्कृतिको पर्वद्धन गर्न हरेक वर्ष महोत्सवको आयोजना गरिरहेको बताए । महोत्सव आयोजनाका लागि विभिन्न समिति गठन गरी तयारी तिब्ररुपले अगाडि बढाएको बताए ।