गाउँपालिकाबाट कृषक समूहलाई मसिन
धनगढी, ८ पुस । कैलारी गाउँपालिकाको वडा नम्बर ८ पृथ्वीपुरमा रहेको कृषक समूहलाई बेसार बनाउने आधुनिक मसिन प्रदान गरिएको छ ।
कृषि मन्त्रालयको अनुदान सहयोगमा सामाजिक विकास मञ्चले समूहलाई बेसार बनाउने आधुनिक मेसिन प्रदान गरेको हो ।
सोमबार एक कार्यक्रमकाबीच कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले समूहलाई सो मेसिन हस्तान्तरण गरे । सो अवसरमा मञ्चका पदाधिकारी, समूहका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।













