सामाजिक सद्भावको लागि भादा महोत्सव, थारु समुदायको पहिचान जोगाउने प्रतिबद्धता

कैलाली, ३ पुस । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले भादा महोत्सव २०७६ सञ्चालन गर्ने भएको छ ।

‘संरक्षण सम्बर्द्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ यही पुस १६ देखि २० गतेसम्म ‘थारु होमस्टे गाउँ भादा महोत्सव २०७६’ सञ्चालन गर्ने भएको हो ।

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नरायण चौधरीले विहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव बारे जानकारी दिए ।

उनले महोत्सको तयारी तीव्र गतिमा भइरहेको बताउँदै महोत्सव आयोजनाका लागि ११ वटा उप समिति समेत गठन गरिएको जानकारी दिए । उपसमितिको कामको जिम्मेवारी बाँडफाँड गरिसकेको पनि चौधरीले जानकारी दिए ।

संयोजक चौधरीले थारु कला, संस्कृति, भेषभुषा र खानपान लोप हुन लागेको अवस्थामा थारु समुदायको पहिचान जोगाउनलाई पनि हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएको बताए ।

थारु समुदायलाई मात्रै नभएर गैरथारु समुदाय लगायत बाह्रय पर्यटकहरु विच सामाजिक सद्भाव कायम होस् भन्ने उदेश्यले थारु थारु कला संस्कृति, पौराणिक खेलकुद तथा खानपानको संरक्षता÷प्रवद्र्धन गर्न महोत्सवलाई निरन्तरता दिईरहेको बताए । २०६८ सालदेखि मनाउँदै आइरहेको भादा महोत्सवको यो नवौं संस्करण हो ।

महोत्सवले थारु होमस्टे गाउँ भादामा आन्तरिक पर्यटकहरुसंगै बाह्रय पर्यटक भित्रियाउन सहयोग पुगोस् भन्ने अपेक्षा समेत लिएको छ । हाल सम्म थारु होमस्टे गाउँ भादामा आन्तरिक पर्यटक २५ हजार र बाहय पर्यटक ४ सय जनाले अवलोकन गरिसकेको अध्यक्ष चौधरीले जानकारी दिए ।