चिसो बढेपछि धनगढी उमहानगरभित्रको विद्यालयमा दुई दिन बिदा

धनगढी, ३ पुस । धनगढी उप–महानगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिने निर्णय भएको छ । चिसोका कारणले उपमहानगर भित्रका विद्यालयमा दुइ दिन बिदा दिने निर्णय भएको हो । धनगढी उप–महानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहीबार र शुक्रबार बन्द गर्ने निर्णय भएको छ ।

आज बिहान शिक्षा सरोकारवालाहरुसंगको बैठकको निर्णय अनुसार यस उपमहानगरपालिका अन्र्तगतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरि पुस ३ र ४ गते २ दिन विद्यालय बिदा गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला जानकारी दिए ।

त्यस्तै भिमदत्त नगरपालिका महेन्द्रनगर कंचनपुरले भने चिसोका कारण आज र भोली बिद्यालय बन्द गर्ने निर्णय हिजो नै गरिसकेको छ ।