एक वर्षमा १ सय १ वटा महिला हिंसाको घटना
धनगढी, २ पुस । कैलाली जिल्लामा एक वर्षको अवधीमा एक सय एक महिला हिंसामा परेको तथ्यांक सार्वजनिक भएको छ । महिला पुर्नस्थापना केन्द्र (ओरेक नेपाल) कैलालीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
महिला हिंसाको घटना सार्वजनिकीकरण र पत्रकारसँग छलफल कार्यक्रममा ओरेक नेपालका कार्यक्रम संयोजक गीता चौधरीले २०१९ जनवरीदेखि डिसेम्बरसम्मम घरेलु हिंसाक ७०, यौन हिंसा १३, बलात्कार ८, स्रोत साधनबाट वञ्चित २, बहुविवाह ७ र सामाजिक हिंसा तथा कुटपिट १ वटा अभिलेखीकरण भएको जानकारी दिईन् ।
कार्यक्रममा हिंसामा परेका महिलाहरुका लागि न्यायिक निकायमा पहल गर्न सञ्चार माध्यमको पनि उत्तिकै भूमिका रहेकोले हिंसा प्रभावितहरुलाई सामाजिक न्यायकोलागि पनि कलम चलाई दिन आग्रह गरिन् ।
संयोजक चौधरीले कानूनी प्रक्रिया झनधmटिलो हुनु, मुद्धा दर्ता प्रक्रियामा ढिलासुस्ति हुनु, पीडित एक्लै मद्धा दर्ता गर्न जाँदा दर्ता नै नहुनु जस्ता समस्याले धेरै मुद्धा बाहिर आएपनि पछि आर्थिक प्रलोभनबाट होस्टाईल भईरहेको बताईन् ।
देश संघियातामा गईसकेपछि पनि पीडकलाई राजनीतिक संरक्षण भईरहेकोले बास्तविक पीडितले न्याय नपाएको अवस्था छ । जसले गर्दा जिल्लामा रहेका गैरसरकारी संस्थाले घटनाको सत्य तथ्य अनुगमन, पुनर्मिलन पश्चात घटना अनुगमन, फैसला पश्चातको अवस्थाको अनुगमन गर्न आवश्यक रहेको पत्रकारहरुले सुझाब दिएका थिए ।
ओरेक नेपालले महिला हिंसा विरुद्धको अभियान, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार, मानव अधिकार तथा सामाजिक न्यायमा समन्वय गर्दै आईरहेको छ । साथै संविधानतः सुनिश्चित गरेको मौलिक हक, समानताको हक, महिलाको हक, सामाजिक न्यायको हक कार्यान्वयनका लागि पैरवी समेत गर्दै आईरहेको चौधरीले जानकारी दिईन् ।













