क्रियाशील पत्रकार महिला कैलाली जिल्लाको अध्यक्ष अमिता कुँवर
धनगढी, २ पुस । क्रियाशील पत्रकार महिला कैलाली जिल्लाको अध्यक्षमा अमिता कुँवर चयन भएका छन् ।
कुँवर दिनेश एफएमका स्टेशन म्यानेजर हुन् । त्यसै गरि उपाध्यक्षमा मर्निड्ड बेलका प्रकाशक रमा भट्राई, सचिबमा रेडियो पश्चिम टुडेका स्टेशन म्यानेजर भुवन जोशी, सह–सचिबमा हाकाहाकीका सुदूरपश्चिम व्यूरो खेमा बस्नेट, कोषाध्यक्षमा दिनेश खबरका सञ्जिता कुँवर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा जमुना न्यूरे, मनिषा चन्द, प्रिति परियार, सुनिता विक, रक्षा बाग्चन्द, रेसु बराईली, मनिषा श्रेष्ठ र एक जना पछि थप्ने गरि १३ जनाको नयाँ कार्य समिति गठन भएको भएको हो ।

नयाँ कार्य समितिलाई शुभकामना दिदै पूर्व अध्यक्ष उन्नती चौधरीले क्रियाशील पत्रकार महिलाले विगत लामो समय देखि पत्रकार महिलाहरुको हक हितकोलागि काम गर्दै आएको बताईन् ।
उनले जिल्लामा रहेका गैर सरकारी संघसंस्थाहरुको सहकार्यमा महिलाहरुको सवालमा विभिन्न कार्यक्रम गर्नुका साथै हिंसा पीडित महिलाहरुको न्यायमा पहुचको लागि सञ्चार माध्यमबाट वकालत गर्दै आईरहेको बताईन् ।
पूर्व अध्यक्ष चौधरीले नयाँ कार्य समितिलाई पत्रकार महिलाहरुको पेशागत सुरक्षासंगै संख्यात्मक तथा गुणत्मक बृद्धिकोलागि सम्पूर्ण पदाधिकारीहरुलाई सक्रियताका साथ लागि पर्न अनुरोध गरे ।













