‘महिला रोकिए संसार रोकिन्छ’

कैलाली, १ पुस । महिलाको न्यायमा पहुच सञ्जालले ‘महिला रोकिए संसार रोकिन्छ’ भन्ने यथार्थलाई संसारसामु प्रदर्शन गर्न महिलाको विश्वव्यापी हडतालमा एक्येबद्धता जनाउने निर्णय गरेका छन् ।

सन् २०२० को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला विश्वव्यापी रुपमा हडताल गर्ने कार्यक्रम रहेको सञ्जालका अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिईन् । उनले सम्पूर्ण महिलाहरु दिनको एक घण्टा मात्रै हडताल गरे कतिको प्रभाव पर्छ भन्ने सन्देश दिनलाई यस्तो कार्यक्रम तय गरेको बताईन् ।

महिलाहरु श्रममा शोषण, श्रममा न्यायोचित मूल्यमा विभेद, सेवामूलक काम गर्न बाध्यता, घरेलु काममा सिमित हुनु पर्ने, कामको मुल्याकन नहुने जस्ता समस्याबाट ग्रसित भएकोले विश्वलाई नै महिलाहरुको पक्षमा सकारात्मक पाईला चाल्न दबाब दिन यो अभियान सञ्चालन गर्न लागेको अध्यक्ष भण्डारी बताईन् ।

संसार भरिका महिलाहरु एउटैमा मागमा केन्द्रित रहेर मर्यादित काम र जीवन धान्न पुग्ने ज्याला, लैंगिक विभेदमा आधारित हिंसाकोअन्त्य, श्रोत, शक्ति र अवसरहरुको न्यायपूर्ण पहुँचसंगै सबैका लागि खाद्य संप्रभुत हुन माग हरेको छ ।

२०२० मार्च ८ मा औपचारिक काम नगरेर आफूले काम गर्ने स्थलमा सबै महिलाहरुसंग सल्लाह गरेर कुनै निश्चित समयमा कार्यस्थलबाट बाहिरिने, सेवामूलक कार्यबाट बाहिरिने, घरको काम नगरि अभियानमा एक्यबद्धता जनाउने सञ्जालले निर्णय गरेको छ ।

छलफलमा विविसिका उमिद बाग्चन्द, महिला मानब अधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष निर्मला बाग्चन्द, मर्निंग बेलका प्रकाशक रमा भट्टराई, अन्तर पार्टी महिला सञ्जालका पुर्व अध्यक्ष निर्मला रिर्जाल लगायतको सहभागिता रहेको थियो ।