सिकलसेनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

धनगढी, १ पुस । सिकलसेल एनिमियाका बारेमा धनगढी उप–महानगरपालिकाले आफ्ना स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अभिमूखिकरण गरेको छ ।

धनगढी उप–महानगरपालिका स्वास्थ्य महाशाखाले सबै स्वास्थ्यकर्मीहरुलाई सिकलसेल रोगबारे जानकारी दिन अभिमूखीकरण कार्यक्रम गर्न थालेको हो ।

स्वास्थ्यकर्मीको समायोजनका क्रममा यस उप–महानगरमा सरुवा भएर आएकाहरुका लागि अभिमूखीकरण बढी महत्वपूर्ण रहेको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताइएन् ।

थारू समुदायमा सिकलसेल रोग बढि देखिएकोले अन्य ठाउँबाट सरुवा भएर आएका स्वास्थ्यकर्मीहरुलाई यो रोग बारे जानकारी हुन आवश्यक रहेको उप–प्रमुख भट्टले बताइन् । रोगको बारेमा जानकारी राखेपछि सेवा दिन सजिलो हुन्छ । आर्थिक बर्ष २०७५÷०७६मा आफुहरुले दुईवटा स्थानमा शिविर राखेर सिकलसेलको निशुल्क परिक्षणको ब्यबस्था गरेको बताउदै उप–प्रमुख भट्टले भनिन्, चालु आर्थिक बर्षमा पनि चेकजाँच, परामर्श र उपचारका कार्यक्रम राखेका छौं ।

धनगढी उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रशाद कोईरालाले स्वास्थ्यकर्मीहरुको ब्यबवाहारले आधारोग निको बताए । उनले भने, त्यस कारण स्वास्थ्यकर्मीहरुको ब्यावहार सुध्रीनु आवश्यक छ ।

हाल सेती अञ्चल अस्पतालमा सिकलसेलका १ सय ७३ बिरामी नियमित उपचार गराइरहेका छन् । नेपाल सरकारले सिकलसेल एनिमिया रोग लागेको पुष्टि भएका विपन्न परिवारका बिरामीहरुको स्वास्थ्य परीक्षण र औषधी उपचारका लागि १ लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्दै आएको छ ।

यो रोग लागेमा रक्तकोष नोक्सान भएर घट्दै जाने यो रोग लागेमा विभिन्न अन्य रोगसँग मिल्ने लक्षण देखा पर्छ । यो रोगको संक्रमणले बच्चाहरूमा पटक–पटक निमोनिया, जन्डिस, रक्तअल्पता, ज्वरो आउने जस्ता लक्षण देखा पर्छ । सिकलसेल एनिमिया भएको पत्ता नै नलागी धेरैजना मृत्युको मुखमा पुग्ने गरेको चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार यो रोगले ३–४ वर्षका बालबालिकाको समेत ज्यान जाने गरेको छ । युवामा पनि पटक–पटक जन्डिस हुने,जोर्नी र हड्डी दुख्ने, पेट दुख्ने, छाती दुख्ने, रक्तअल्पता हुने, थकावट महसुस हुने, ज्वरो आउने, फियो सुन्निने लक्षण देखा पर्छन् । बढी जाडो, गर्मी या तनावमा भएका बेला यस्तो लक्षण देखापर्छ ।