पुस ५ गते पवेरामा निःशुल्क स्वास्थ्य शिविर हुने
धनगढी, १ पुस । कैलारी गाउँपालिका वडा नं. ५ पवेरामा निःशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ ।
सिपी अस्पताल प्रालि धनगढीको आयोजना तथा स्मार्ट सोसाइटी नेपाल र नागेश पशुपति शिक्षा मन्दिरको व्यवस्थापनमा यहि पुस ५ गते शनिबारका दिन शिविर हुुने जनाइएका छ । स्वास्थ्य जाँच शिविर नागेश पशुपति शिक्षा मन्दिरको प्रांगनमा हुने नागेश पशुपति शिक्षा मन्दिरका प्रिन्सिपल रतनराज चौधरीले जानकारी दिए ।
स्वास्थ्य शिविरमा सिपी अस्पताल प्रालिका वरिष्ठ जनरल सर्जन डाक्टर सिपी पाण्डेयद्वारा पत्थरी, हाइड्रोशिल, हर्निया, बाबासिर, एपेन्डिक्स, शरीका गाँठागुठी तथा अन्य जाँच हुने जनाइएको छ ।
त्यस्तै वरिष्ठ कन्सल्टेन्ट डाक्टर गौरब कुमार गुप्ताद्वारा ब्लड प्रेसर, दम, छाती दुख्ने, मुटु कलेजो, थाइराइड, सुुगरको जाँच र वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्रटर पूजन रन्जितद्वारा टुटेको हड्डी, बांगाटिंगा भएका हड्डी, ढाड दुखाईको समस्या, हात खुट्टा झमझम गर्ने, नशा दबेको र घूँडाको दुखाइको समस्या र बाथ रोगको चेकजाँच गरिने जनाइएको छ ।













