पानीले ईटा व्यवसायीलाई करोडौं नोक्सानी
धनगढी, २८ मंसिर । शुक्रबारको पानीले सुदूरपश्चिम प्रदेशमा रहेका ईटा व्यवसायीलाई ठूलो नोक्सानी भएको छ । सुदूरपश्चिममा रहेका ७० ईटा उद्योग पानीका नोक्सानी व्यहोर्नु परेको हो ।
सुदूरपश्चिम ईटा व्यवसायी संघका अध्यक्ष विनोद शाह करिब १२ करोड रुपैया बराबरको तयारी अवस्थामा रहेका कच्चो ईटा पानीका कारण काम नलाग्ने बताए । उनले आफूपनि मर्कामा परेको बताए । उनले नोक्सानी भएको क्षति विवरण संकलन गरिदिन सरकारसंग आग्रह गरे । अध्यक्ष शाहले अब नयाँ ईटा उत्पादन हुन करिब दुई महिना समय लाग्ने बताए ।














